कांग्रेस शीर्ष नेताहरुको बैठक बस्दै

कात्तिक २०, काठमाण्डौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेता पार्टीभित्र देखिएको विवाद हल गर्न शीर्ष नेताहरू बैठक बस्दैछन्।

लामो समयको विवाद समाधानको लागि नेताहरुले बैठकमा छलफल हुने बताएका छन् ।

बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने पनि बताइएको छ ।

बैठकमा पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले राखेका १६ बुँदे विरोध पत्रबारे छलफल काँग्रेस स्रोतले बतायो ।

कांग्रेसले १४ औं महाधिवेशन र पार्टीभित्रका असहमतिबारे छलफल गर्न शुक्रबार केन्द्रीय समिति बैठक डाकेको छ।

उक्त बैठकअघि नै शीर्ष नेताबीच सहमति जुटाउन सभापति शेरबहादुर देउवाले शीर्ष नेताको अनौपचारिक बैठक राखेका हुन्।