जिप्रकाका सेवा बन्द

कात्तिक १८, काठमाडौँ – यसै गरी कोरोनाको संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले प्रदान गर्ने सुरक्षा एवं विपद् व्यवस्थापन र आपत्कालीनबाहेक अन्य सबै सेवा अर्को सूचना जारी नभएसम्म आजदेखि बन्द गरिएको छ ।

नेपाली नागरिकता, नाबालक परिचयपत्र, संघसंस्था दर्ता तथा नवीकरण, राष्ट्रिय परिचयपत्र वितरण जस्ता सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।