कात्तिक १६, काठमाडौ- जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको एम्बुलेन्स सञ्चालक समिति र सरोकार पक्षको बैठकले एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दिनुभएको जानकारी अनुसार सर्वसाधारण यात्रुलाई दृष्टिगत गर्दै जिल्लामा रहेका एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने भएको हो ।
सो प्रविधिको प्रयोगपछि एम्बुलेन्स कहाँ र कुन अवस्थामा छ भन्ने विषयमा सजिलै जानकारी प्राप्त हुने प्रजिअ रिजालले राससलाई जानकारी दिए। जिपिएस जडानपश्चात् एम्बुलेन्सका चालकले यात्रु बोकेको वा गैरकानूनी काम गरेको अवस्थामा थाहा लाग्ने भएकाले उक्त निर्णय गरिएको प्रजिअ रिजालले बताए ।
उनका अनुसार पहिलो चरणमा मकवानपुरमा ३५ वटा एम्बुलेन्समा सो प्रविधि जडान गरिने र आवश्यकताअनुसार थप एम्बुलेन्सहरुमा पनि जडान गरिने छ ।