छुरा प्रहार गरी हत्या

कात्तिक १४, काठमाण्डौँ – काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसले एक्कासि छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता कुबेर कडायतले महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले अभियुक्तको खोजी गर्नाका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिए । रासस