कात्तिक १४, एजेन्सी – युरोपा लिग फुटबलमा आर्सनल र लेस्टर सिटीले जित निकालेका छन् ।
बिहिबार राति समूह चरणको खेलमा प्रिमियर लिग क्लबद्धय आर्सनल र लेस्टर विजयी बनेका हुन् ।
आर्सनलले समूह बीको खेलमा रिपब्लिक अफ आयरल्याण्डको क्लब डुनडल्कलाई ३–० गोलले पराजित गर्यो ।
लण्डन क्लब समूह चरणको सुरुवाती दुवै खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ । डुनडल्क अंक विहिन हुँदै पुछारमा छ ।
समूह जीको अर्को खेलमा लेस्टर सिटीले ग्रिकको क्लब एइके एथेन्ससंग २–१ को जित निकाल्यो ।
जेमी भार्डीको पेनाल्टीमा पाहुना टोली लेस्टरले सुरुवातमै आग्रता बनाएको थियो । हमजा चोधरीले ३९ औं मिनेटमा लेस्टरको अग्रता दोब्बर बनाए ।
घरेलु टोलीका मुअम्बर टेन्कोविकले ४९ औं मिनेटमा एक गोल फर्काएका थिए ।
सुरुवाती दुवै खेलमा जित निकाल्दै लेस्टर शीर्ष स्थानमा छ । एथेन्स क्लब अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।