कात्तिक १३, एजेन्सी – शुक्रबारबाट लागु हुने गरी फ्रान्समा देशव्यापी लकडाउनको घोषणा गरिएको छ । बुधवार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति एम्यानुअल माक्रोँले डिसेम्बर १ तारिखसम्म लागुहुने गरि दोस्रो लकडाउनको घोषणा गरेका छन् ।
जारी गरिएको नयाँ प्रतिवन्ध अनुसार अत्यावश्यक काम र उपचारका लागि बाहेक घरबाट निस्किन नपाउने व्यवस्था गरिएको छ । रेस्टुरेन्ट बार बन्द गरिनेछ भने विद्यालय र फ्याक्ट्री खुल्लै हुनेछन् ।
मंगलबारमात्र ३३ हजार नयाँ संक्रमित थपिएका फ्रान्समा एप्रिल यता कोरोनाका कारण मृत्यु हुनेको संख्या उच्च तहमा पुगेको छ ।
लकडाउन डिसेम्बर १ तारिखसम्म लागु हुनेछ र त्यसपछि पन्ध्र पन्ध्र दिनमा पुनः निर्णय गरिनेछ ।
संक्रमितको संख्या बढ्दै गएपछि पहिलेको भन्दा संक्रमणको खतरा कठिन हुने भन्दै राष्ट्रपति माक्रोँले देशले त्यो खतरा मोल्न नसक्ने बताए ।