कात्तिक ११ काठमाडौं – नेपालमा एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् ।
देशभर आज ५७० जनामा संक्रमण पुष्टि भएको छ । दुई हजार ७२५ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा २२५, भक्तपुरमा चार र ललितपुरमा २३ संक्रमित थपिएका छन् ।
प्रदेश १ मा ३५, प्रदेश २ मा १५, बागमतीमा २७३, गण्डकीमा ८० र लुम्बिनीमा १६७ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६० हजार ४०० पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।