काठमाडौं – हाम्रो इच्छा र आवश्यकताबीच तालमेल नमिल्दा, पारिवारिक बेमेल, दीर्घरोग, बेरोजगार तथा दैवि प्रकोपले गर्दा मानिसलाई मानसिक बिचलन हुन्छ जसलाई हामी तनाव भन्दछौ ।
तनाव, अहिलेको भागदौडको दैनिकीमा प्रायः सबैलाई हुने गरेको छ । यो पछिल्लो समय मानव स्वास्थ्यका लागि गम्भीर चुनौतीको रुपमा अघि आएको छ ।
तनावकै कारण मानोसामाजिक देखि शारीरिकसम्मका स्वास्थ्य समस्या देखिने गरेका छन् । यहि कारण काममा मन लाग्दैन, सम्बन्धहरुमा ठाकठुक पर्न थाल्छ, सपनाहरु पूरा हुँदैनन् ।
तनाव का कारणहरु
१ बायोलोजिकल(जैविक) र ब्यक्त्तिगत – Biological and Personal Factors
वशाणुगत (Genetic)
चोटपटक (Injuries)
लागुपदार्थको प्रयोग (Substance abuse)
रोगबाट (pathogens)
२ वातावरणीय प्रभाव Environmental Factors
बेरोजगार
बाढीपैरोले गर्दा घरबार बिहिन अवस्था
गरीबि
कुपोषण
युद्ध (झैझगडा)
पारीवारीक बेमेल
दाम्पत्य जिवनमा आघात (डिभोर्स)
सेक्स (यौन) सम्बन्धि समस्या
धेरै तनाव लिदा हुने समस्याहरु
हाम्रो इम्युन सिस्टम र हृदयमा नोक्सान पुर्याउन सक्छ।
गम्भिर खालको बिरामीहुन सक्ने सम्भावना रहन्छ।
उमेर कम हुन सक्ने अर्थात् चाडै मृत्यु हुने।
सेक्सलाइफ(यौन जिवन)खराब हुन जान्छ (यौन इच्छा घड्छ)।
तनावले हुने लक्षणहरु
सामान्य भन्दा धेरै खाना खानु।
तिब्र रुपमा मुढ बदलिनु।
अत्याधिक निद्रा लाग्ने जसले गर्दा दिउसोमा समेत सुत्ने।
कहिलेकाहि निद्रा नलाग्ने धेरैदिन सम्म अनिन्द्राको अवस्था।
काम नगर्दा पनि थकानको अवस्था जिउ फतक्कै गल्ने।
बिर्सने समस्या।
आवस्यकता भन्दा बढी रक्सी तथा सुर्तिजन्य पदार्थ प्रयोग गर्ने।
बिना कारण झगडा गर्ने।चिडचिड स्वभाव हुने।झर्किने। अत्याधिक रिसाउने।
परिवार वा साथीहरुसँग टाढा हुने। एक्लै बस्न मन पराउने। एकोहोरो हुने।
आत्मबल घटने।डर लागिरहने।अनावस्यक चिन्ता लिने।
काममा मुड नआउने।काममा हातै नजाने।
अनावश्यक शँका गर्ने।आफ्नो मान्छेलाइ बिनाकारण शँकागरी दोष लगाउने।
आत्मबल कमजोर हुने।शारिरीक उर्जा कमजोर महसुस हुने।
काम हातमा नआउने।कामै गर्न नसक्ने।
धेरै काम एकैचोटि गर्न खोज्ने तर कुनै पनि काम टुङ्गोमा पुर्याउन नसक्ने।
तनावले गर्दा हुन सक्ने रोगहरु । Diseases caused by stress)
मुटु सम्बन्धि रोग हुन सक्छ। बारम्बार टाउको दुखिरहने (Migrain)
शरिर मोटो हुने ।मधुमेह (सुगर) रोग । ब्लड प्रेसर बढ्ने।दम(Asthama) बढ्ने रोग हुन सक्छ।
पाचन(Digetion) सम्बन्धी समस्या। एक्जिमा छाला सम्बन्धि रोग। एन्जाईटी वा डिप्रेशन हुनु। कब्जियतको समस्या हुन सक्ने।
तनाव कम गर्ने तरीका
नियमित योग तथा शारिरीक व्यायामहरु गर्ने, सन्तुलित खाना खाने, समय व्यवस्थापन सजग रहने,आफुले गर्न नसक्ने वा बढी तनाव दिने कामका लागि ‘नो’ भन्ने बानीको विकास गर्ने ,पर्याप्त आराम गर्ने र सुत्ने समय व्यवस्थापन गर्ने,तनाव कम गर्नका लागि रक्सी, ड्रग्स वा बाध्यकारी बन्दै गएका बानीहरु छोड्ने,आवश्यक परेको अवस्थामा समाजिक सहयोगको खोजी गर्ने, आफ्ना भावनाहरु व्यक्त गर्ने (मनका कुरा लेख्ने वा चित्र बनाउने आदी), मेडिटेसन गर्ने, व्यायाम गर्ने, आफूलाई सहज हुने व्यक्तिसँग कुरा गर्ने, वा आफ्नो रुचिकर विषयमा व्यस्त रहने। आवश्यक परेमा मनोविमर्शकर्ता, मानसिक स्वास्थ्य कार्यकर्ता वा तनाव व्यवस्थापन गर्न सिकाउनेहरुसँग सम्पर्क गर्ने गर्नु पर्छ । तनावका बारेमा हाम्रोमा कुरा गर्ने बानी छैन । तर जति यसबारे कुरा गर्योे त्यति नै यसलाई जित्न सकिने र तनावबाट मुक्त हुने उपाय पनि थाहा लाग्दै जाने हुन्छ।
तनाव ब्यवस्थापन (कम) गर्न गरीने योग अभ्यासहरु
तनाव कम गर्न अगाडी झुक्ने खालका योगका आसानाहरु गर्ने
जस्तै शशङ्कासना
पाद हस्तासना
पश्चिमोत्तानासना
सुर्य नमस्कार
गणेश गैरे (एमएस्सी योगथेरापी)