धरैजसो मानिसहरु आफनो प्राईभेट पार्ट र हाइजिनको महत्वलाई त्यति धेरै वास्ता नगरेको पाइन्छ । यो विषयमा मानिसहरु खासै ध्यान दिइएका हुदैनन । किनकी हामीलाई यो कुरा बचपन देखि घरमा सिकाइएका हुदैन । यस विषयलाई हाम्रो घर वा समाजमा लाजको बिषय मानी नजरअन्दाज गरिने गरिन्छ । तर समय अहिले बदलिसको छ । अहिले सेक्सवल हाइजिनको बारेमा जान्न जरुरी छ ।
प्राइभेट पार्ट सफा राख्न के गर्ने ?
- सधै सफा र ड्राई अन्डर गार्मेन्टस लगाउने ।
- जोगिङ वा मोनिङ वाक गरिसकेपछि धेरैजसोको पसिनाले अन्डर गार्मेन्टस भिज्ने गर्छ । जसले गर्दा त्यस पार्टमा छिटो बेक्टेरियाको संक्रमण हुने सम्भावाना उच्च हन्छ । त्यस कारण अन्डरगार्मेन्टस छिटो फेरिहाल्ने ।
- टाइट अन्डरवेर नलागाउने, लुज कम्फटेबल अन्डरवेरको प्रयोग गर्ने । त्यसै गरि सिन्थेटिकको भन्दा कटन अन्डरवेर लगाउने।
- नुहाउने समयमा पुरुषहरुले आप्mनो प्राइभेट पार्टलाई राम्ररी मनतातो पानीले धुने । किनकी त्यस भागमा डेडस्किन जम्मा हुने गर्दछ । जुन आफैमा हानिकारक नभएपनि त्यसको कारणले गर्दा इन्फेक्शन्स, जलन वा चिलाउने जस्ता समस्याहरु आउन सक्छ ।
- महिलाहरुले पनि आफ्नो प्राइभेट पार्टको खास ख्याल राखी सफा गर्नुपर्छ । भेजाइनालाई मनतातो पानीले साफा गर्ने खास गरि पिरियड्सको समयमा अझ बडि सेन्सिटिभ हुन आवश्यक छ ।
भेजाइनल वाशको प्रयोग गर्ने जसले तपाईको छालाको सेनसिभिटिको ख्यालगरि बेटर केयर गर्दछ । - भेजाइनल एरिया सफा गर्दा माइलड तरिकाले गर्ने । भेजाइनल पिएच बेलेन्सको बचाउ गर्न आवश्यक छ । किनभने पानीको तिब्र वेगले पिएच बेलेन्समा गढबढ गराउन सक्छ । पिएच बेलेन्स मेन्टेन भयो भने हेल्दी बेक्टेरिया वृद्धि हुन सघाउछ ।
- पब्लिक टोइलेटको प्रयोग गर्दा साबधानीपुर्वक गर्ने किनकी धेरै प्रकारका इन्फेक्शन्स यहिबाट ट्रान्सफर हुने गर्दछ ।
- यदि केहि तरिकाले इन्फेक्शन भयो भने तुरुन्त चिकित्सकसंग जाच गराई विषेश केयर गर्ने । ताकि भविष्यमा इन्फेक्शन नबढोस ।
सेक्सुअल हेल्थ पनि छ आवश्यक
- हाइजिनीको साथ साथै सेक्सुअल हेल्थको पनि राखौं ख्याल । यसको लागि सन्तुलित डाइट खाने किनकी डाइटले तपाईलाई इन्फेक्शन्सबाट बचाउनेकाम गर्दछ । दही, क्रैनबेरी जुसले तपाईको यीस्ट इन्फेक्शन्सबाट बचाउ गर्दछ ।
- डाइट मात्रले नभई एक्ससाइजले पनि सेक्सुअल हेल्थलाई राम्रो बनाउछ ।
- पेल्विक एक्ससाइज वा अन्य किसिमको सेक्स रिलेटेड योगहरु गरी तपाई आफ्नो सेक्सुअल हेल्थ हेल्दी बनाउन सक्नुहुन्छ ।
- यदि तपाई भेजाइनल ड्राइनेसको समस्याबाछ गुज्रिरिदै हुनुहुन्छ भने तपाईको लागि सोया प्रडक्सको प्रयोग उचित हुन्छ किनभने यसमा एस्ट्रोजनको एक प्रकार पाइन्छ जसले नेचुरल लुब्रिकेन्डसलाई बढाउछ ।
रिलेशनले पनि हुन सक्छ प्रभावित
- सेक्सुअल हाइजिन वा हेल्थलाई नजरअन्दाज गर्दा तपाईको रिलेशन वा सेक्सुअल लाइफमा खराब असर पार्न सक्छ । यसले गर्दा पार्टनर विच रिलेशनमा दरार आउन पनि सक्दछ ।
- यतिमात्र नभई यस विषयमा असाबधानी गर्दा तपाई र तपाईको पार्टनर लाई गम्भीर इनफेक्शन्स र सेक्स डिजिजबाट संक्रमण पनि हुनसक्दछ ।
- नियमित सेभिङ पनि गर्न आवश्यक छ ताकि सफा राख्न सजिलो होस् ।
जिवन हेल्दी र हेप्पी बनाउन सेक्सुअल हाइजिनको महत्व बुझि यसलाई आफ्नो जिवनमा अपनाउनु होस् ।