प्रकाश सपुत । नेपाली गीत संगीत क्षेत्रको एक चर्चित नाम । उनले सार्वजनिक गरेका ‘बोल माया’ ‘गलबन्दी’ ‘बदला बरीलै ’ निकै चर्चित गीत हुन् । अरुले भन्दा फरक तरिकाको दोहोरी ब्याटल गाउने सपुत सांगीतिक क्षेत्रका बहुप्रतिभाशाली ब्यत्ति समेत हुन् । उनि गीत रचना गर्छन । संगित भर्छन । अनि आफै गाउछन । यति मात्रे काहा होर र ? ति गितका भ्यूजिक भिडियोमा आफै निर्देशन गर्छन अनि मोडलिङ पनि । गीत संगीतमा सामाजिक बिषयबस्तु उठान गर्ने उनी सबै पुस्ताका बिच लोकप्रिय छन् । उनै प्रकाशसंग इमेलखवरले कोरोनाका कहरले वदलेको जिवनशैलीको बारेमा कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसंग गरिएको कुराकानी ।
अहिले के मा ब्यस्त हुनुहुन्छ ?
भर्खरै लोकदोहोरी गीत माँहिलीको मोडलिङ सके । त्यस्तै अन्य लोकदोहारीका गीतहरु पनि आइरहेका छन् । त्यसमा काम गर्दै छु ।
कोरोना कहरका कारण धेरै कलाकारहरुले फुर्सदमा रहेको बताइरहेका छन्, त्यसो भए तपाइलाई चांहि फुर्सद मिलेन ?
पहिलको तुलनामा केहि फुर्सद भएको हो । तर पनि मैले केहि न केहि सिर्जना गरिरहे । लकडाउनकै बिचमा बदला बरिलै सार्वजनिक भयो । त्यसको निकै राम्रो प्रतिक्रिया पाएको छु । त्यसपछि मेरो अर्को नमस्ते बोलको गीत पनि सार्वजनिक भयो । यसरी लकडाउनको समय पनि सदुपयोग गरे । बिभिन्न सिर्जनाहरु वाहिर ल्याए । समयको सदुपयोग गर्न सके त फुर्सद नै हुदैन रहेछ ।
कोरोना महामारीले तपाईको जीवनशैलीमा कत्तिको परिवर्तन ल्याएको छ ?
म एकदमै चुलबुले मान्छे छु । काम नहुदा स्वायम्भुको डांडामा बसेर घर गन्ने गर्थे । मलाई छटपटी भइराख्थ्यो । तर अहिले भने परिवारसंग रमाउने । धैर्य गर्न सक्ने भएको छु । त्यस्तै खानपानमा पनि निकै सचेत छु । कोरोना महामारी पश्चातको लकडाउनले परिवारसंग रमाउन सिकाएको छ । समयको उपयोग गर्न सिकाएको छ ।
अहिले संक्रमण बढ्दो छ , कसरी सुरक्षा अपनाउनु भएको छ ?
बढ्दो संक्रमणको बिचमा पनि हामी उच्च सर्तकताका साथ काम गरिरहेका छौं । सिमित मानिसहरुमा काम हुने गरेको छ । सकेसम्म मास्क सेनिटाइजर प्रयोग गर्छु । सरसफाईमा पनि निकै ध्यान दिन्छु । काम गर्दा माउथ टु माउथ काम गर्दैनौं ।
तपाई गीत, संगीत र निर्देशन देखि मोडलिङ सबै गर्नुहुन्छ । यो कसरी सम्भव हुन्छ ?
बाहिरबाट देख्दा त्यस्तो देखिन्छ तर बास्तवमा गाह«ो चाहि छैन । यि कुराहरु भनेका संगीतका हाँगाहरु हुन् । ती हाँगाहरुमा म रमाउछु । यि सबै प्रक्रियागत नै जान्छन् । गीत रचना गर्दै संगीत र संगित गर्दै भिडियो निर्देशन सम्मको चित्र आफै आउदै गइरहेको हुन्छ । प्राबिधिक टिमहरुसंग पनि सल्लाह सुझाव मागिरहेको हुन्छु ।
सोसल मिडिया कत्तिको चलाउनु हुन्छ ?
सोसल मिडिमा सकेसम्म एक्टिभ हुन चाहान्छु तर समय मिलिरहेको हुदैन । त्यसकारण अलि कम समय दिन्छु । धेरै युवा साथीहरुले सोधिरहनु हुन्छ पोष्ट नै आउदैन भनेर । म बढी फेसबुक चलाउछु । फेसबुक मलाई फ्रेन्ड्ली लाग्छ ।
पुस्तक पढ्नु हुन्छ ?
पुस्तक पनि पढिरहेकै हुन्छु । मलाई फिक्सन बढी मन पर्दछ । भर्खरै मैले सन्दुक रुइतको जिवनी पढिसके ।
दशै नजिकिदै छ स्रोताहरुलाई केहि उपहार दिने योजना छ कि ?
अहिले स्रोताहरुलाई उपहार दिने योजना बनाएको छैन । बिभिन्न ब्रान्ड अन्र्तगत रहेर स्रोताहरुलाई शुभकामना चांहि पक्कै दिनेछु ।
अन्त्यमा, अबको सांगितिक भबिष्य कस्तो देख्नुहुन्छ ?
कोरोना महामारीको असर संगीत क्षेत्रमा पनि परेको छ । केहि समय ठप्प भएपनि लकडाउन पश्चात भने गीतहरु आउने क्रम बढेको छ । अवस्था सामान्य हुदै जादा सांगीतिक क्षेत्र पनि सामान्य बन्दै जान्छ । त्यसकारण, हामीले हरेस खानुपर्ने अवस्था छैन । अन्य ब्यापार ब्यबसाय सञ्चालन हुन साथ मनोरञ्जन क्षेत्र पनि सञ्चालित हुन्छ भन्ने विश्वासमा छु ।