आज थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा थप २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुनेहरुमा उपत्यकामा १ हजार ४ सय ९ रहेका छन् ।