यसवर्षको नोबल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (वर्ल्ड फुड प्रोग्राम) ले पाउने भएको छ ।
विश्वभरी फैलिएको कोभिड( १९ महामारीका कारण सिर्जित भोकमरी तथा खाद्य असुरक्षा र विभिन्न मुलुकले भोगिरहेको आन्तरिक तथा बाह्य मुलुकहरुसँगको युद्धका कारण देखिएका खाद्य संकटको व्यवस्थापनमा विश्व खाद्य कार्यक्रमले महत्वपूर्ण योगदान गरेको भन्दै सन् २०२० को विश्व नोबल शान्ति पुरस्कार दिने भएको हो।
विश्व खाद्य कार्यक्रमले विभिन्न मुलुकमा उत्पन्न द्वन्द्वको कारणका रुपमा समेत देखिएको भोकमरी र खाद्य सुरक्षा व्यवस्थापन योगदान पु¥याएको उल्लेख छ। यो संस्थाले सन् २०१९ मा भोकमरीमा परेका विभिन्न ८८ वटा मुलुकका १० करोड बढी मानिसमा सुरक्षित खाद्यान्न उपलब्ध गराई संकट व्यवस्थापन गरेको जनाइएको छ।