पटका सहित दुइ जना पक्राउ

 

अतिसबाजी (पटका)  सहित सुनसरीमा  दई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र सोही स्थानका २७ बर्षीय समिर मिया रहेका छन ।

विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

राजमार्ग किनारमा पटका बोरा तथा कार्टुनमा लुकाई छिपाई राखेर सप्लाईका लागी मौका छोपी बसिरहेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।

नियन्त्रण संगै बोरा तथा कार्टुन खोलेर SRIVIJAI-COBRA६७  बण्डल पटका फेला पारी बरामद गरिएको हो । यसरी पटका सहित पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।