जुम्लाको चन्दननाथ मन्दिरबाट पाँच वर्ष पहिले चोरी भएका मुर्तिमध्ये दाहिने शंख भेटियो

असोज २१, जुम्ला : जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मुर्ति मध्ये दाहिने शंख भेटिएको छ।

पाँच वर्षपहिले चोरी भएका बहुमुल्य मूर्ति मध्ये दत्रादयको मूर्ति सहित सोमबार अघि तीन जना पक्राउ परेका थिए ।

पक्राउ परेकाहरुको को बयानबाट उक्त शंख भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

२०७३ साल मंसिर ११ गते राति मन्दिरबाट चोरी भएका मध्ये दाहिने शंख सहित अन्य बहुमल्य मूर्ति चोरी भएको हो ।

ती मध्ये सबै भन्दा महत्वपूर्ण मानिएको दाहिने शंख बुधबार चन्दननाथ १० बोहरागाउँ स्थित खोलापानेमा भेटाएको हो।

सोमबार बोहोरा गाउँ स्थित शुसिल विष्टको खेतको आलीनेर सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा भेटिएको थियो।

इनिस्पेक्टर भरतसिंह राठौरले उनीहरुले दिएको क्लुको आधारमा दाहिने शंख भेटिएको जानकारी दिए।
पाँच वर्ष पहिले चन्दननाथ मन्दिरबाट २१ मूर्ति चोरी भएको भनिएपनि संख्या एकिन हुन सकेको छैन।

तथापि हालसम्म विभिन्न ठाउँमा गरी करिब २१ वटा मुर्ति भेटिएको प्रहरीको भनाइ छ।