सांसद कल्पना पाण्डेले भनिन् : मुख्यमन्त्री ढाट्नु भयो, दाङ पहिलो प्राथमिकता थिएन

असोज २०, बुटवल – प्रदेश नम्बर ५ की सांसद कल्पना पाण्डेले मुख्यमन्त्री शंकर पोखरेलले जनभावना विपरित राजधानी तोकेको बताएकी छन् ।

उनले प्रदेश सभाको बैठकमा बोल्दै सुझाव समितिले दिएको सुझाव अनुसार राजधानी नतोकिएको बताइन् ।

उनका अनुसार प्रदेश नम्बर ५ केन्द्रबाट शासित हुनु पर्ने कुराले शिर निउरिएको छ । उनले नेकपा नेतृत्वको सरकारले दुई तिहाईको दम्भ देखाएको बताइन् ।