असोज १९, बुटवल : प्रदेश नम्बर ५ को प्र सोमबारको प्रदेश सभामा नेपाली कांग्रेसले नाराबाजी गर्दै कुर्सी तोडफोड गरेको छ।
प्रमुख प्रतिपक्ष दल समेत रहेको काँग्रेसले नाराबाजीका बीच पनि सभामुखले राजधानी प्रस्तावमाथि छलफल अघि बढाएपछि कांग्रेसले तोडफोड गरेको हो।
सभामुख पूर्णबहादुर घर्तीले रुखो शैलीमा संसद चलाएका थिए । उनको कार्यशैली प्रति सत्तारुढ सांसदले आपत्ति जनाएका छन् ।
सत्तापक्षका सांसद भोजप्रसाद श्रेष्ठले बोल्ने व्यवस्था गराउन सभामुखलाई आग्रह गरेका छन्। उनले सभामुखलाई आफ्नो कुरा राख्न पाउने मौका नखोज्न आग्रह गरे।
प्रदेश ५ को राजधानी सार्ने प्रस्तावले नेकपाभित्र खैलाबैला भएको छ । लुम्बिनीका सबै नेताहरू विरोधमा उत्रीएका छन् । भने दाङको पक्षमा मतदान गर्न नेकपाले ह्विप जारी गरेको छ ।