१८ असोज, बाँके – बाँकेमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ५० पुगेको छ । आइतबार १४ जना नयाँ कोरोना भाइरसका संक्रमित बिरामी थपिए सङ्गै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ५० पुगेको हो ।
पछिल्लो समयमा बाँके जिल्लामा दिनानुदिन कोरोना संक्रमितहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । लकडाउन खुलेसङ्गै होटेल, रेष्टुरेन्ट, यातायात लगायतका बजार क्षेत्र खुलेसङ्गै कोरोना संक्रमण पनि उल्लेख्य रुपले वृद्धि भइरहेको हो ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आइतबार बाँकेका विभिन्न स्थानका ४ महिला र १० पुरुष गरी १४ जनामा कोरोना संक्रमण देखिएको हो ।
श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १० जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा २ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा २ गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लामा संक्रमित भएका २ हजार ५० जना मध्ये, २० जना संक्रमितको ज्यान गइसकेको छ भने १ हजार ६ सय २ संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन । आज थपिएका संक्रमितसमेत जिल्लामा ४ सय २८ जना सक्रिय संक्रमित रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।