असोज १८, बाँके- बाँकेको कोहलपुरमा आइतबार बिहान २९ बर्षिया कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा महेन्द्रनगर नगरपालिका – २, कंचनपुरकी २९ बर्षिया एक महिलाको आइतबार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
महेन्द्रनगर नगरपालिका – २, कंचनपुरकी २९ बर्षिया कोरोना संक्रमित एक महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा आइतबार बिहान ४स्३० बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले ईमेल खबरलाई बताए ।
यो सङ्गै बाहिरी जिल्लाबाट बाँके जिल्लामा आई अस्पतालमा भर्ना भएर उपचारकै क्रममा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।