कार्यालयका कर्मचारीमा कोरोना पुष्टी भए पछि काठमाडौमा श्रम स्वीकृती वन्द

असोज १४, काठमाडौ-  वैदेशिक रोजगार कार्यालय ताहाचलले दिने सेवा वन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि श्रम स्वीकृती लगायतका सेवा सेवा रोकिएको वैदेशिक रोजगार विभागका निर्देशक टिकामणी नेउपानेले वताए ।

‘कर्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । १/२ दिनमा अन्य कर्मचारीको जाच हुनेछ ’ नेउपानेले भने, अव ५ दिन त पक्कै वन्द हुन्छ । त्यस पछि हेर्नु पछ’