असोज १३, काठमाडौ – मोरङ विराटनगर -१६ दरैया बस्ने ६१ बर्षीय रामु मण्डल लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । सोमवार अपरान्ह ४ बजे विशेष सुराकका आधरामा खटिएको प्रहरी टोलीले साईकलमा आईरहेका मण्डललाइ विराटनगर- १२ स्थित कलेज रोडबाट नियन्त्रण लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ पछि चेकचाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा ५ ग्राम ७० मिलीग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको साथै उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।