असोज १२, काठमाडौ – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणबाट मुक्त भएका छन ।
गत भाद्र १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कै प्राङ्गणमा भएको कोरोना संक्रमण परिक्षणमा प्रहरी नायव महानिरीक्षक अर्यालको रिपोर्ट पोजिटिभ देखिएको थियो ।
रिपोर्ट पोजिटिभ देखिएसंगै आफ्नै निवासमा आइसोलेसनमा रहनुभएका प्रहरी नायव महानिरीक्षक अर्यालले असोज ११ गते दिनुभएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएसंगै उनी कोरोना संक्रमणबाट मुक्त भएको प्रहरी नायव उपरिक्षक राजेन्द्रवावु रेग्मीले जानकारी दिएका छन ।