असोज ११, बाँके- बाँकेमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका ९ का बाँके गाउँका ४७ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृतक पुरुषको दुवै तर्फको फोक्सोमा निमोनिया हुनुका साथै मधुमेहको समेत समस्या थियो ।
स्वास्थ्यमा समस्या आएपछि उनी भदौ ३१ गते अस्पताल भर्ना भएका थिए । उनलाई कोरोना संक्रमण पुष्टि सोही दिन भएको थियो ।
उनी सँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।