बाँकेमा कोरेक्ससहित २ जना पक्राउ

असोज ७, बाँके-बाँके प्रहरीले अबैध लागुऔषध कोरेक्स र सुर्तिजन्य पदार्थसहित २ जनालार्ई नियन्त्रणमा लिएको जनाएको छ ।

मंगलबार बेलुका डुडुवा गाँउपालिका ५ मिलनचोक स्थित ईलाका प्रहरी कार्यालय बनकट्टी ९क० बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अबैध लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा नेपालगन्ज उपमहानगरपालिका १८ लग्दहवा बस्ने ३२ वर्षिय पप्पु बेहना र सोही ठाँउका ३५ वर्षिय जिलेदार हरीजन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनिहरुको साथबाट २८ सि।सी। कोरेक्स, ५ पोका सुपर पावर सुर्ति र ५ पोका बिडी बरामद गरेको हो । पक्रउा परेको दुबै जनाबिरुद्ध थप अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।