असोज ६, बर्दिया – बर्दियाका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का एक ६४ वष्र्मीय पुरुषको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उप–निर्देशक डा दिनेश श्रेष्ठले देव्रे फोक्सोको निमोनियाबाट ग्रसित ब ती पुरुषको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।
उनको पछिल्लो एक साता यता स्वास्थ्यमा समस्या देखिनुका साथै कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको थियो ।
त्यही दिन अस्पतालमा स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।
बर्दियामा भने भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ । बर्दियामा म्रगलबार मात्रै २३ जनामा कोरोना पुष्टि भएको छ ।