असोज ६, गुल्मी – इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
सोमबार राती पहिरो जादा दुई पैदलयात्रको मृत्यु भएको गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बिष्टले इमेख खवरलाई बताए ।
उनका अनुसार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृत अवस्थामा फेला परेका छन् ।
मृत्यु हुनेहरुमा इस्मा गाउँपालिका –२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमाल रहेका छन् ।