असोज ५,काठमाडौं – लोक गायिका विष्णु माझी र पहिलो लोक स्टार शनी विश्वकर्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।
’झुम्का झलक्कै’ बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो । शिव हमालले शब्द तथा सङ्गीत रहेको गीत आशिष अविरलले एरेञ्ज, मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
सार्वजनिक गीतको भिडियोमा कलाकार सागर लम्साल(बले), रियाशा दाहाल, चक्र बम र गीता ढुङ्गाना फिचर्ड छन् ।
गम्भीर विष्टको कन्सेप्ट तथा निर्देशन रहेको गीत गीतमा सुबोल थापाको कोरियोग्राफी रहेको छ भने नवराज उप्रेतीको छायाङ्कन रहेको छ ।