असोज ५, काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण झण्डै ६ महिना बन्द भएको आन्तरिक हवाई सेवा आजबाट सुरु भएको छ।
सरकारले आन्तरिक व्यवसायिक उडानलाई अनुमति दिएसँगै आजबाट आन्तरिक हवाई सेवा सुरु भएको हो।
पहिलो चरणमा दैनिक ४३ वटा उडानलाई अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
आजबाट सुगममा बुद्ध एयरले १६, यतीले १०, श्रीले ६ तथा सिम्रिक र सौर्यले १–१ उडानको अनुमति पाएका छन्।