असोज ४, एजेन्सी – प्रिमियर लिग फुटबलमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा वेस्टहामविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको हो ।
इमिरेट्स स्टेडियममा आर्सनको जितमा एलेसान्द्रे लाकाजेट र इडवार्ड एनकेटियाले गोल गरे । पाहुना टोलीका माइकल एन्टोनियोले गरेको गोल सान्त्वना बन्यो ।
खेलको २५ औं मिनेटमा एलेकजान्दर लाकाजेटेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले इमिरेक अउबामियाङको पासमा गोल गर्दै १–० को अग्रता दिलाए ।
४५औं मिनेटमा माइकल एन्टोनियोले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । रायन फ्रेडेरिक्सको पासमा गोल गर्न सफल भएका थिए ।
५औं मिनेटमा ड्यानियल सेवालोसको पासमा इडवार्ड एनकेटियाले खाली पोस्टमा गोल गर्दै आर्सनलाई २–१ को प्रतिस्पर्धात्मक जित दिलाए ।