असोज ३,जुम्ला – चिकित्सा शिक्षा अभियान्ता डाक्टर गोबिन्द केसी ६ दिनयता जुम्लामा सत्याग्रह गरिरहेका छन् । स्वास्थ्य क्षेत्रका सुधारको माग गर्दै उनी दोस्रो पटक जुम्लामा सत्याग्रह बसिरहेका हुन् । यस अघि उनी २०७५ सालमा समेत जुम्लामा अनसन बसेका थिए । छैटो दिनमा आइपुग्दा उनको स्वास्थ्य अवस्था भने दैनिक बिग्रदो अवस्थामा छ ।
चिकित्सकहरुले उनलाई अस्पताल लैजानु पर्ने सुझाव दिएका छन् । उनको अनशनस्थलमा गएर ऐक्यबद्धता जनाउनेको संख्या बढ्दै गएको छ। उनको पक्षमा सरकारलाई दबाब दिनको लागि नागरिक समाज जुम्लाको आयोजनामा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । समाजले संबिधान दिवसको साँझ केसीको सत्याग्रहको समर्थनमा जुम्लाको कृष्ण मन्दिर अगाडि दीप प्रज्वलन गरेको छ ।
केसीको सत्याग्रहको समर्थन गर्दे आएका नागरिक अगुवा महेन्द्र कार्कीले उनको समर्थनमा हस्ताक्षर अभियान सञ्चालन गर्नुका साथै दीप प्रज्वलन गरिएको इमेल खवरलाई जानकारी दिए । उनको पक्षमा देशभर समर्थन समेत बढ्दै गइरहेको छ ।