असोज ३, काठमाडौ -समाज सेवी मिनाकुमारी गुरुङ राष्ट्रपतिद्धारा सम्मानित हुने भएकी छन । पोखरा महानगरपालिका वडा नम्वर- १६, दिप निवासी गुरुङ संविधान दिवसको अवसरमा समाजसेवा रत्न पुरस्कारवाट सम्मानित हुने भएकी हुन ।
उनि करिव चार दशक अघि देखि विभिन्न संस्था मार्फत समाज सेवा गर्दै आएकी छन । हाल उनि नौलो घुम्ती नेपाल संस्थामा सचिवको रुपमा कार्यरत छन ।
समाजको अग्रगामी परिवर्तनमा योगदान पुर्याउदै आएकी गुरुङ गण्डकी बिकास परिषद्को सदस्य समेत रहेकी छन।