असोज २, ललितपुर – ललितपुरमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीय महिला रहेकी छन् । उनको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
उनी गत ३० भदौदेखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ ।