गौतम राष्ट्रियसभामा मनोनीत

असोज १,काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिशमा प्युठान, दाहाक्वारी १–का वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी छन् ।

सो कुरा राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालबाट आज जारी विज्ञप्तिमा जनाइएको छ ।