मन्त्रीपरिषद्को निर्णय : हवाई, होटल देखि यातायात असोज १ देखि खुल्ने

भदौ ३०, काठमाडौँ-सरकारले ६ महिनायता बन्द रहेको लामो दुरीको यायायात, आन्तरिक उडान र होटल खोल्ने निर्णय गरेको छ ।

असोज १ गते देखि लागु हुने गरी  सरकारले औपचारिक रुपमा यी तीन क्षेत्र खोल्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

परराष्ट्रमन्त्री समेत रहेका उनले व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रदीप ज्ञवालीले जानकारी दिए ।

साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।

बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ । यस्तै सरकारले आन्तरिक उडान र होटल समेत सञ्चालन गर्ने जनाएको छ ।