बाग्मती प्रदेशमा संक्रमितको संख्या १४५९७ पुग्यो, मृतक संख्या १०१

भदौं २७, काठमाडौं – बाग्मती प्रदेशमा शनिबार साझ सम्ममा संक्रमितको संख्या १४५९७ पुगेको छ ।

यस मध्ये ६८२० जना निको भई डिस्चार्ज भईसकेका छन् ।

प्रदेश अन्र्तगत सामाजिक बिकास मन्त्रालयका प्रवत्ता पुरुषोतम राज सेढाईका अनुसार यस प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या १०१ रहेको छ ।

उनका अनुसार प्रदेशमा देशको कुल संक्रमणको करिव सत्ताइस प्रतिशत (२७.४७ ५) संक्रमण रहेको छ ।