भदौ २७ , कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा शुक्रबार एक दलित युवकको मृत्यु भयो । चोरी केसमा प्रहरीको हिरासतमा रहेका ती युवाको रहस्यमय मृत्यु भएको थियो ।
त्यस लगत्तै कैलालीमा मृतकका आफन्तले मृत्यु रहस्यमय भएएको भन्दै दोषि माथि कारबाहीको समेत माग गरेका थिए । उक्त मृत्यु प्रकारणको छानविनको लागि शनिबार छानबिन समिति गठन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालयका एसपी राजीव बस्नेतको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिलाई सात दिनको म्याद दिइएको दिइएको छ । चोरीको अभियोगमा चार दिनअघि भदौ २२ गते धनगढी ५ का १९ वर्षीय रोशन विकलाई पक्राउ गरी प्रहरीले थुनुवा कक्षमा राखेको थियो ।
उनको मृत्युको सम्बन्धमा छानविन हुनुपर्ने व्यापक माग उठेपछि समिति गठन गरिएको हो ।
ती युवाले शौचालयभित्र झुन्डिएर आत्महत्या गरेको बताएका थिए ।