भदौं २७, काठमाडौं – औषधि व्यवस्था विभागले काठमाडौं उपत्यकामा सञ्चालित ५ कम्पनीले उत्पादन गरेका ह्यान्ड स्यानीटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ ।
विभागले जारी गरेको सूचनामा भक्तपुरको नेपाल कायाकल्प उद्योग, काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रा.लि., आधार केमिकल एन्ड फुड इन्डष्ट्री प्रा.लि., सर्च केम कम हर्बल प्रोडक्ट र सुर्यमुखी हर्बल प्रोडक्टले उत्पादन गरेका ह्यान्ड स्यानीटाइजर प्रयोग नगर्न भनिएको छ ।
ती कम्पनीले उत्पादन गरेका ह्यान्डस्यानीटाइजरमा विषाक्त रसायन (मेथानोल) प्रयोग गरेका पाइएकाले प्रयोग नगर्न अनुरोध गरेको हो ।
यी कम्पनीले उत्पादन गरेका ह्यान्ड सेनिटाइजरको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड ‘इन्स्टान्ट ह्यान्ड सेनिटाइटर (अल्कोहल बेस्ड)’ सम्बन्धि स्तर २०७६ विपतरि विषाक्त रसायन (मिथानोल) समावेश भएको पुष्टि भएको थियो । जसले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने विभागले जनाएको छ ।