कैलालीमा सञ्चार गृह मै संचारकर्मी कुटिए, महासंघको ध्यानाकर्षण

भदौ२६, कैलाली – कैलालीमा एक संचारगृहमा प्रवेश संचारकर्मी माथि नै सांघातिक आक्रमण भएको छ । धनगढीस्थित दिनेश एफएम तथा दिनेश खबरकर्मीमाथि भएको सांघातिक आक्रमणको भएको हो ।

समाचारको विषयमा आपत्ति जनाउँदै कार्यालयमा पुगेका १५,२० जनाले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट गरेका हुन् ।
उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेको नेपाल पत्रकार महासंघ कैलालीले जनाएको छ ।

यस्तै , व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात भएको थियो । उक्त कार्यको महासंघले निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ। उक्त घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एंव सिङ्गो पत्रकारिता क्षेत्रमाथिको आक्रमणको घटनाका रुपमा लिएको महासंघले जनाएको छ।

‘समाचारको विषयमा कुनै बिमती भए त्यसको समाधानका लागि कानुनी बाटो हुँदाहुँदै एकाएक सञ्चार गृहमा तथा पत्रकारमाथि आक्रमण गरिनुले पछिल्लो समय आम पत्रकारले असुरक्षित महसुस गर्नुपरेको महासंघको बुझाइ छ’ महासंघका सचिव मीन ठकुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ।