भदौ २६, उदयपुर- उदयपुरको चौदण्डीगडी नगरपालिका ५ की ६१ बर्षीया सिलमन्ती चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बिहान ८ बजेको समयमा आफ्नै घरको कलमा जडान गरेको पानी तान्ने मोटर संचालन गर्ने क्रममा उक्त मोटरमा जडान गरिएको तारबाट अचानक करेन्ट लाग्दा चौधरीको घटनास्थलमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
करेन्ट लागेर १ जनाको मृत्यु
