भदौं २५, काठमाडौं अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी(ट्वान्टी वरीयतामा नेपाल यथावत् छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत् रहेको हो ।
अस्ट्रेलिया २२ खेलमा २७५ रेटिङ अंकसहित शीर्ष स्थानमा रहँदा समान खेल खेलेको इङ्ल्यान्डको २७१ रेटिङसहित दोस्रो स्थानमा छ ।
त्यस्तै भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन् ।
नयाँ वरीयताको १५ स्थानमा यथावत् रहेको नेपालको २३ खेलमा १८० रेटिङ अंक छ ।
एसोसिएट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्यान्ड र यूएई छन् । स्कटल्यान्ड १४ र युएई १३औं स्थानमा छन् ।