भदौं २४, एजेन्सी – नेसन्स लिग फुटबलमा बेल्जियमले आइसल्याण्डलाई ५–१ ले हराएको छ । मंगलबार राति घरेलु मैदानमा बेल्जियमले आइसल्याण्डलाई हराएको हो ।
खेलमा अग्रता आइसल्याण्डले ११ औं मिनेटमा होलबर्ट एरोन फ्रिडजोनसनको गोलबाट लिएको थियो ।
एक्सन विटसेलले १३ औं मिनेटमा बेल्जियमका लागि बराबरी गोल फर्काएका थिए । त्यसको चार मिनेटपचि मिक्की बत्सुवाइले बेल्जियमलाई २–१ ले अघि बढाए ।
डेरिस मार्टेन्सले ५० औं मिनेटमा बेल्जियमका लागि तेस्रो गोल गरे । केभिन डी ब्रुइनको पासलाई सदुपयोग गर्दै डेरिसले गोल गरेका थिए ।
६९ औं मिनेटमा बत्सुवाइले ब्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ४–१ ले अघि बढाए ।
७९ औं मिनेटमा डी ब्रुइनीकै पासलमा जेरेमी डोकुले गोल गर्दै बेल्जियमलाई शानदार जित दिलाए ।