भदौ २२, बाँके- बाँकेमा आन्द्राको अल्सरबाट पीडित एक कोरोना संक्रमितको शल्याक्रिया गरिएको छ ।
नेपालगञ्ज मेडिकल कलेजमा कोहलपुरमा कोरोना संक्रमित ब्यक्तिको आन्द्राको सफल शल्यक्रिया गरिएको हो । सुर्खेतस्थित प्रादेशिक अस्पतालबाट सोमबार रिफर गरिएको व्यक्तिको एक घण्टामा सफल शल्याक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सहायक निर्देशक डाक्टर नितेश कुमार कानोडियाद्धारा हस्ताक्षरित विज्ञप्तिमा दैलेख भगवतीमाई गाउँपालिका–१ घर भएका ३८ वर्षीय पुरुषको एक घण्टाको शल्यक्रिया सफल भएको उल्लेख गरिएको छ ।
वरिष्ठ चिकित्सकहरु डा. दिग्विजय खडका, डा. अरुण ज्ञवाली, डा. शिशिर खड्का, स्टाफ नर्सहरु दुर्गा पन्त, पार्वती शाही, प्रेम कुमारी बस्नेत र सहयोगी राम गोपाल वाल्मीकीलगायतको टिमले उनको शल्यक्रिया गरेको थियो ।
उनको हाल ब्लड प्रेसर तथा पल्स सामान्य अवस्था रहेको र भेन्टिलेटरमा राखी उपचार गरी राखिएको अस्पतालका सहायक निर्देशक डा. कनोडियाले इमेल खवरलाई जानकारी दिए ।