थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ हजार २३६ पुग्यो प्रकाशित : २०७७ भदौ २२ गते १६:३९ भदौं २२, काठमाडौं आज थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै नेपालमा कूल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ। सोमबार थप १ हजार ७३६ जना कोरोनामुक्त भए। हालसम्म ३० हजार ६७७ जना कोरोनामुक्त भएका छन्।