अस्पताल सिल कहिले सम्म गर्ने बारे अन्यको स्वावको रिपोर्ट आएपछि निर्णय गरिने
भदौं २२, काठमाडौं – पाल्पा अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पोजेटिभ आएपछि अस्पताल सिल गरिएको छ ।
करिब १ हप्ता अघि ज्वरो आएर भर्ना भएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलाको आइतबार रिपोर्ट पोजेटिभ आए पछि अस्पताल सिल गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले इमेल खवरलाई बताए ।
संक्रमित ब्यक्ति अस्पतालमा कार्यरत कर्मचारीकी आमा भएकाले पनि सिल गर्नुपर्ने आवश्यकता रहेको उनको बताए । उनले भने ‘संक्रमित ब्यक्तिको छोरी अस्पतालकै कर्मचारी भएका कारण संक्रमण फैलन सक्दछ भनेर सिल गरेका हौ ।’
अस्पतालमा संक्रमित पुष्टी भए पछि अस्पतालका अन्यको स्वाव संकलन गर्ने काम भइरहेको उनले जानकारी दिए । इमेल खवरसंग कुराकानीमा उनले भने ‘आइतबार देखि आकस्मिक बाहेक अस्पताल सिल गरिएको छ । अहिले अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुको स्वाव संकलनको काम भइरहेको छ ।’
अस्पताल सिल कहिले सम्म गर्ने बारे अन्यको स्वावको रिपोर्ट आएपछि निर्णय गरिने उनले जानकारी दिए । उनका अनुसार संक्रमित ब्यक्तिको अवस्था सामान्य छ । जटिल अवस्था आइपरे प्रादेशिक अस्पतामा उपचार गरिने छ ।
अहिले अस्पतालका कर्मचारीहरु होम क्वारेन्टाइमा बसेका छन् । पाण्डेका अनुसार केहि चिकित्सक भने अस्पतालकै क्वारेन्टाइनमा रहेका छन् । अन्य सामान्य बिरामीहरुलाई अन्य अस्पतालमाहरुमा रिफर गरिएको छ भने अस्पताले आकस्मिक सेवा दिइरहेको उनले बताए । ।