भदौं २१, काठमाडौं स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल क्वारेन्टाइनमा बसेका छन् ।
तीन दिन अघि परिवारका एक सदस्यमा संक्रमण पुष्टि भएपछि उनी होम क्वारेन्टाइनमा बसेका हुन्।
उनले क्वारेन्टाइनबाटै मन्त्रालयको काम हेरिरहेको बताएका छन् ।
केही दिनमा मन्त्री ढकालको कोरोना परिक्षण गर्ने तयारी भइरहेको छ।