चितवनमा प्लाज्मा थेरापी गरिएकी ५२ बर्षीया महिलाको मृत्यु

भदौं १९, काठमाडौं  – चितवनमा पहिलो पल्ट प्लाज्मा थेरापी थेरापीबाट उपचार गरेकी महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ कि ५२ बर्षीषा महिला रहेकी छन् ।

उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि  भदौ १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोरोना संक्रमण १९ पुष्टि भएको थियो ।

अस्पतालको आईसीयूमा उपचारको क्रममा उनको शुक्रबार दिउँसो मृत्यु अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए।  ।