सकियो मन्त्रिपरिषद् बैठक , अर्थमन्त्री खतिवाडाले शुक्रबार साँझ राजिनामा दिने घोषणा गरे

भदौ १९, काठमाडौ -मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठक अर्थमन्त्रीको राजीनामाको विषयमा छलफल गर्दै सकिएको हो ।

अर्थमन्त्री डाक्टर युवराज खतिवाडा अब राष्ट्रियसभा सदस्य नरहने भएपछि उनलाई राजीनामा दिन सुझाइएको छ । नेकपाको बिहीबार बसेको सचिवालय बैठकले बामदेव गौतमलाईराष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा निष्कर्षमा सरकार पुगेको बताएका थिए ।

पछि बैठकले आधिकारिक रुपमा निर्णय नै गरेको थियो । शुक्रबारको बैठक पनि ओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने जानकारी गराएका थिए ।