भदौ १९, काठमाडौ – हाल विश्वले मानव स्वस्थ्यको लागी आधुनिक चिकित्सा पद्धति लाईअपनाएता पनि योग तथा प्राकृतिक चिकित्साको पनि आफ्नै महत्वपूर्ण स्थान छ। जिवनपद्धतिलाई नियमित गरी रोगलागे पछि उपचार गर्नु भन्दा जिवनशैलीलाई नै प्राकृतिक बनाई रोगनै लाग्न नदिन, शरिरलाई स्वस्थ राख्न तथा उच्च मनोबल बढाउन योगको महत्व रहेको छ।
-
योगले मनलाई शान्त, सरल र उर्जावान बनाउछ जसले गर्दा मान्छे नयाँ सिर्जनात्मक काममा अगाडी बढ्ने हुनाले ऊ सधै अरुको सहयोगी भई बाँच्न सफल हुन्छ।
-
योगले अहिंसा,नैतिक शिक्षा, चरित्र निर्माण, शान्ति, बुद्धि विकास तथा समग्र जिवन जिउने तरिका सिकाउछ।
-
योगले शरिरमा हार्मोन्स तथा इन्जाइमको सन्तुलन मिलाइ शरिरलाई सक्रिय र उर्जावान बनाउछ।
-
योग अभ्यासले मन र इन्द्रियहरुलाई नियन्त्रण गर्न सहयोग पुर् याउछ।
-
योग (थेरापेटिक योग) ले डिप्रेशन, एन्जाइटि सिजोफ्रेनिया, तनाव ,मन खिन्न हुने ,काम गर्न मन नहुने, काम नगर्दा पनि थकान महसुस भइरहने ,अनिद्रा, मन आत्तिने जस्ता मानसिक समस्यालाई सजिलै कम गर्न (घटाउन) सक्ने हुनाले मानव जिवनको लागि योग अतिनै महत्वपूर्ण छ।
-
योग अभ्यासले पाचन प्रणालीका अङ्गलाई मजबुत बनउछ।
गणेश गैरे (MSc in yogatherapy)