भदौ १६, एजेन्सी – म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर डेभिड सिल्भालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
ला लिगा क्लब रियल सोसिडाडले सोमबार सिल्भालाई कोरोना देखिएको पुष्टि गरेको छ ।
कोरोना देखिएपछि सिल्भा सेल्फ आईसोलेसनमा रहेको र उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको क्लबले जनाएको छ ।
३४ वर्षीय सिल्भा सिटीमा १० वर्ष बिताएर स्पेन फर्किएका हुन् ।
सिल्भा सन् २०१० मा भ्यालेन्सियाबाट सिटी गएका थिए । उनले सिटीबाट ४ सय ३६ खेल खेल्दै १४ उपाधि जितेका थिए ।
सिल्भा स्पेनले सन् २०१० मा विश्वकप जित्दा टोलीका सदस्य थिए । उनले स्पेनबाट युरो २००८ र २०१२ को उपाधि समेत जितेका छन् ।