करेन्ट लागेर १ को मृत्यु

भदौं १५, मोरङ – मोरङ बेलबारीमा करेन्ट लागेर १ को मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलबारी ८ की २८ बर्षिय फुल कुमारी धिमाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।

आइतबार राती घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर बेहोस भएकी उनलाई पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।