कोरोनाबाट थप ७ को मृत्यु, मृतकको संख्या २२८ पुग्यो

 

भदौं १५, काठमाडौं – आज कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ४ वर्षीय बालिकासहित ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमले बताए ।

मृतकहरुमा गोरखा र रुपन्देहीका २ महिला, महोत्तरीकी १ बालिका रहेका छन् ।

यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित ४ पुरुषको मृत्यु भएको उनले बताए ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २२८ पुगेको छ ।